रक्षा वम नेतृत्वको जेनजी फ्रन्टद्वारा एन्फा पदाधिकारीको राजीनामा माग

काठमाडौँ । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीको राजीनामा मागेको छ ।

फ्रन्टले मंगलबार विज्ञप्ति जारी गरी एन्फाले एर्को वर्ष मात्र ए डिभिजन लिग गर्ने भनेर नेपाली फुटबलको भविष्य माथि खुला हमला गरेको आरोप लगाएको हो ।

त्यस्तै, फ्रन्टले नेपाली फुटबललाई निरन्तर खोक्रो पार्ने र खेलाडीको भविष्यमाथि खेलवाड गर्ने, समयमै लिग आयोजना गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउने एन्फा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न चेतावनी समेत दिएको छ ।

साथै फ्रन्टले एन्फाको यो फुटबल विरोधी निर्णयविरुद्ध आवाज बुलन्द गर्न समेत आग्रह गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *