काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छन् ।
मंगलबार मन्त्रालय र विभागका अधिकारीहरूसँग प्रधानमन्त्रीले राहदानी वितरणका विषयमा जानकारी लिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन समेत दिइन् ।
राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उनले निर्देशन दिएकी हुन् ।
