वडाध्यक्षबाट खुट्टा मालिस गराउने अग्नीसाईर कृष्णासवरनका अध्यक्षले दिए राजीनामा

राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् ।

वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि उनी विवादमा परेका थिए । उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले ५ असोजमा राजीनामा पत्र बुझाएका थिए र सोही दिन गाउँ सभा समेत बसेको थियो ।

पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् । पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस आफूले गरेकोले स्वच्छाले नै अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी उनले पत्रमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *