निकोलस भुसाल गोरखाबाट पक्राउ

काठमाडौं । प्रहरीले हिंसा भड्काउने अभिव्यक्ति दिएका डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । उनलाई मंगलबार गोरखाबाट पक्राउ गरिएको हो ।

भुसाल गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई गोरखाबाट काठमाडौँ ल्याउँदै छ । भुसालले सामाजिक संजालमार्फत हिंसा भड्काउने अभिव्यक्ति दिँदै आएका थिए ।

यसअघि उनी २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ परेका थिए । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए । त्यसपछि पनि उनको विवादित अभिव्यक्ति दिँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *