काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यस वर्ष राष्ट्रिय लिग फुटबल गर्ने सहमति भएको छ । सोमबार एन्फा कम्प्लेक्समा एन्फा र क्लबहरूबीच बसेको बैठकपछि यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा ए डिभिजन लिग गर्ने सहमति भएको हो ।
राष्ट्रिय लिग पौष ९ गतेदेखि गर्ने सहमति भएको हो । एन्फा प्रेसिडेन्ट लिगका उत्कृष्ट ४ टोली राष्ट्रिय लिगमा सहभागी हुने एन्फाले जानाएको छ । यस्तै अघिल्लो संस्करणको ए डिभिजन लिग फूटबल प्रतियोगिताको ६ उत्कृष्ट टोली चर्च ब्वाइज युनाइटेड क्लब, मछिन्द्र फूटबल क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोड टिमले सहभागिता जनाउनेछन् । राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा सहभागिता जनाउनेछ ।
यस्तै शहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी वर्ष पुस ३ गतेदेखि हुने बैठकले निर्णय गरेको छ । लिग होम एण्ड अवे अनुसार हुने एन्फाले जानकारी दिएको छ । लिग अगाडि २०८३ मङ्सिर ३ देखि पौष २ गतेसम्म प्रि-सिजन प्रतियोगितापनि हुनेछ ।



