जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनले थपका बारेमा अध्ययन भइरहेको बताए । जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *