पाँचथरमा छोराले गरे चिर्पट प्रहार गरी बाबुको हत्या

पाँचथर ।  पाँचथरको हिलिहाङ गाउँपालिका– १ फेदापमा छोराले बुबाको हत्या गरेका छन् । ६९ वर्षीय युवराज राईलाई उनका छोरा ३१ वर्षीय सन्देश राईले चिर्पट प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।

अत्याधिक मादक पदार्थ सेवन गरी उनीहरूबीच विवाद भएको खुल्न आएको छ । अंशको विवादमा चिर्पट प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । मृतकको शरीरको विभिन्न भागमा चोटपकट रहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न छोरालाई पक्राउ गरी अनुसन्धान भइरहेको डीएसपी कर्णले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *