बालुवाटारमा प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटरमा जारी बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद गर्न तथा सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *