फेवातालमा डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार

पोखरा । पोखराको फेवातालमा डुङ्गा पल्टिएर डुबेका ३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

आइतबार दिउँसो डुङ्गा अचानक पल्टिए पछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० वर्षीय महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपाािलका–३ बस्ने ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारू फेवातालमा डुबेका थिए ।

घटना बारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त विपद् उद्धार टोलीले मोटरवोटको सहायताले उनीहरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *