काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका १३ जना नेताको विभागीय जिम्मेवारी हेरफेर गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख, रामप्रसाद भट्टराई केन्द्रीय प्रशिक्षण विभाग सदस्य, डा.कृष्णमान शाक्य केन्द्रीय प्रशिक्षण विभाग सदस्य, सुलभ खरेल कानुन न्याय तथा मानवअधिकार विभाग उपप्रमुखलगायत रहेका छन् ।

