चीनको केही ‘नेक्सपेरिया चिप्स’लाई निर्यात प्रतिबन्धबाट छुट दिने कदम सकारात्मकः जर्मनी

बर्लिन । चीनले केही ‘नेक्सपेरिया चिप्स’लाई निर्यात प्रतिबन्धबाट छुट दिने बताएको छ। बर्लिनले शनिबार गाडीमा प्रयोग हुने अर्धचालक (सेमीकन्डक्टर) चिप्स निर्माता कम्पनीमा बनेका चिप्समाथि तत्कालका लागि प्रतिबन्ध फुकुवा गर्ने चीनको कदम ‘सकारात्मक’ सङ्केत भएको भन्दै र यसको स्वागत गरेको हो।

डच अधिकारीहरूसँगको विवादमा नेक्सपेरिया चिप्सलाई प्रतिबनध लगाइएको थियो र यसले जर्मन कार निर्माताहरूलाई चिन्तित बनाएको थियो।

“चीनबाट आएको पछिल्लो रिपोर्ट तनाव कम हुने सकारात्मक प्रारम्भिक सङ्केतहरू हुन्,” अर्थ मन्त्रालयका प्रवक्ताले एएफपीसँग भने ।

नेदरल्यान्ड्सले शीतयुद्धकालीन कानून लागू गर्दै सेप्टेम्बरको अन्त्यमा ‘नेक्सपेरिया चिप्स’ माथि प्रभावकारी रूपमा नियन्त्रण गर्न प्रयास गरेको थियोे । यसको मुल विशाल प्रविधि कम्पनी विनटेक चिनियाँ सरकारको लगानीमा सञ्चालनमा छ।

यसको जवाफमा चीनले नेक्सपेरिया चिप्सको युरोपमा पुनः निर्यातमा प्रतिबन्ध लगाएको थियो भने नेक्सपेरियाका चिनियाँ कार्यकारी प्रमुखलाई हटाउन अमेरिकाले डच कानुनी प्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाएको थियो।

विज्ञप्तिमा चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले विशेष विवरण नदिइकन देशले ‘मापदण्ड पूरा गर्ने निर्यात’लाई छुट प्रदान गर्ने बताएका थिए ।

नेक्सपेरियाको पूर्जाहरू चीनभन्दा बाहिरका विद्युतीय कारहरूका लागि महत्त्वपूर्ण हुन्छन् र यदि अभाव जारी रह्यो भने जर्मनीको प्रमुख अटो उद्योग कडा रूपमा प्रभावित हुनेछ।

युरोपको सबैभन्दा ठूलो कार निर्माता फक्सवागनले उत्पादन रोक्ने चेतावनी दिएको थियो भने प्रमुख जर्मन अटो आपूर्तिकर्ताहरूले आफ्ना कर्मचारीहरूको काम गर्ने समय कटौती गर्ने तयारी गरिरहेको बताएका थिए।

जर्मनीको अर्थव्यवस्था मन्त्रालयका प्रवक्ताले सरकारले घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् । “हामी प्रभावित कम्पनीहरूको अवस्थालाई धेरै गम्भीरतापूर्वक लिन्छौं र कम्पनीहरू र हाम्रा डच र युरोपेली साझेदारहरूसँग विभिन्न ढाँचामा छलफल गरिरहेका छौँ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *