रक्षा बमको संयोजकत्वमा ‘जेनजी फ्रन्ट’ गठन

काठमाडौं । रक्षा बमको संयोजकत्वमा ‘जेनजी फ्रन्ट’ गठन गरिएको छ । जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेन्डाहरु एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र संगठन तथा विद्रोहप्रति शुभेच्छा राख्ने सबै नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्य रहेको जनाइएको छ ।

बमको संयोजकत्वमा गठन भएको फ्रन्टमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहतालगायत सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *