काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा एकता गर्ने प्रस्ताव राखेका थिए ।
बैठकले नेपालले प्रस्तुत गरेको प्रस्ताव अनुमोदन गरेको हो । बाँकी विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको बताइएको छ ।
पार्टी एकता गर्ने निर्णयपछि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको निर्णय विरुद्ध नलाग्न आग्रह गरेका छन् । उनले सबै कुरा बैठकमा राख्न तर तर बाहिर लेख्ने र बोल्ने काम बन्द गर्न आग्रह गरेका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको कुशासनले जेनजी आन्दोलन भएको भन्दै जेनजीले आफूलाई राजनीतिबाट बिदा लिन नभनेको दाबी गरे ।
उनले आन्दोलनमा विदेशीको हात रहेको आरोपसमेत लगाएका छन् । उनले भने, ‘मलाई थाहा पनि थिएन यो आन्दोलनबारे । विदेशीहरूले लामो समयदेखि योजना बनाएका रहेछन् ।’ एकताको विषयलाई लिएर एकीकृत समाजवादीभित्र विवाद छ ।
