नेपहपको श्रीपेच सिजन–३ को औपचारिक घोषणा

काठमाडौं । ग्राउन्ड ब्रेकिङ र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’सिजन ३ आउने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शोको तेस्रो संस्करणको औपचारिक घोषणा गरिएको हो । शोको औपचारिक घोषणासँगै डिजिटल अडिसन खुलासमेत गरिएको जानकारी गराइएको छ ।

देशभरका इच्छुकले सिजनको हिस्सा बन्नको लागिआफ्नो प्रस्तुती अनलाइनमार्फत पेश गर्न सक्नेछन् । डिजिटल माध्यमबाट अडिसन लिइने यो प्रतिस्पर्धाको लागि दामीम्युजिक एपमार्फत नेपाली र्याप डटकमबाट आवेदन दिन सकिने भएको छ। साथै सहभागीले आफ्नो प्रस्तुतीको भिडिओ अपलोड गर्न सक्नेछन् ।

नेपहपको श्रीपेच सिजन ३ को विजेताले नेपाली र्यापको सर्वोच्च उपाधिको प्रतिक प्रतिष्ठित श्रीपेच क्राउनसँगै नगद पुरस्कार १० लाख गर्नेछन् । त्यस्तै उपविजेताले आफ्नो उत्कृष्ट प्रदर्शनको कदर स्वरूप ५ लाख रुपैयाँ पाउनेछन् ।

यो सिजनमा दुई महान् हिप–हप हस्ती गिरीश खतिवडा र मानष घले निर्णायकको रूपमा प्रस्तुत हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *