एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का निलम्बित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरेको छ । शुक्रबार बसेको संघको कार्यसमितीको आपतकालीन भिडियो कन्फेरेन्स बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बन गरेको एन्फाले जनाएको हो ।

खड्काले संघको विधानविरुद्ध गतिविधी गर्दै संघको विरुद्धमा गम्भिर अनुशासन उल्लघंन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरीमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने कार्य गरेकोले विधानको धारा ३८ को १४ बमोजिम खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *