काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफू नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियामा सहभागी नहुने बताएकी छन् ।
एकीकृत समाजवादी र माओवादीसहित विभिन्न पार्टीहरूबीच एकताकोबारेमा छलफल चलिरहेका बेला झाँक्रीको यस्तो भनाई आएको हो । उनले माओवादीसँग मात्र यही विद्यमान अवस्थामा हुने एकतामा सहभागी नहुने बताइन् ।
उनले भनिन्, ‘हामीलाई एकता विरोधी कित्तामा राख्दै हुनुहुन्छ ? गलत । एकता भएन भने तपाईँ र तपाईँलाई मर्जर गर्नुपर्ने पार्टीले एकता गर्न नचाहे हुने हो । हामीहरू त वामपन्थी एकता र ध्रुवीकरणको पक्षमा हो । त्यसको लागि न्यूनतम शर्त पार्टीको पुनर्गठन, रूपान्तरण र एकता हो । माओवादीसँग मात्र यही विद्यमान अवस्थामा हुने एकतामा हामी सहभागी हुँदैनौं मात्र भनेको हो । तपाईँहरू जो जो यो एकतामा सहमत हुनुहुन्छ तपाईँहरूलाई बाधा पार्न चाहन्नौं मात्र भनेको हो ।’

 
				 
										 
										 
										