नेपाली पुरुष टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार खड्कालाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो ।

एन्फाका महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र प्रदान गरेका हुन् । खड्का एन्फाका प्राविधिक निर्देशकसमेत हुन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि रिक्त रहेको पदमा एन्फाले खड्का मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *