काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ सुशीला शेर्पालीले पार्टीका नेता तथा पूर्वमन्त्री सुदन किराँतीलाई घुस खाएको आरोप लगाएकी छन् ।
शुक्रबार सामाजिक संजालमार्फत शेर्पालीले किराँतीलाई पर्यटनमन्त्री हुँदा पशुपतिमा शवदाह मेसिन जडान गर्दा घुस खाएको आरोप लगाएकी हुन् ।
उनले लेखेकी छन्, ‘यति मात्रै होइन पर्यटन मन्त्री हुँदा पशुपतिमा शवदाह मिसिनबाट कति घुस खाएको त्यो जानकारी पनि यति इमानदारले पार्टीमा भन्नु पर्ने होइन र ??? १०० चुहा खाएर बिल्ली हजको चली भनेको यस्तै, यस्ताले गर्दा होला ।’
शेर्पाली किराँती पर्यटन मन्त्री हुँदा राज्यमन्त्री थिइन् । किराँती माओवादीमा जनार्दन शर्मा निकट मान्छिन् भने शेर्पाली प्रचण्ड निकट । किराँती नेतृत्व परिवर्तनको पक्षमा वकालत गर्दै आएका छन् ।

 
				 
										 
										 
										