फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध

काठमाडौं । ल्याण्डफिल्ड साइटमा अवरोध भएकाले काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ ।

बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि महानगरपालिकाले घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न अनुरोध गरेको हो ।

महानगरले भनेको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ्नो  घरबाट निस्कासन हुने फोहोर मैला घर/कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’

विभिन्न माग राखेर स्थानीयवासीले बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *