मुस्ताङ । मुस्ताङको हिडन भ्याली इलाकामा हिमपातमा फसेका तीन विदेशीसहित १५ पर्यटकको उद्धार गरिएको छ ।
पर्यटकहरुलाई नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको अथक प्रयास पश्चात शुक्रबार करिब ४ हजार ९०० मिटरको बतासेडाँडा ईलाकामा फेला पारी उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
उद्धारपछि साधारण स्वास्थ्य परीक्षण पश्चात नेपाली सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शक सहितको संयुक्त उद्धार टोलीसँग उनीहरुलाई जोमसोम ल्याउने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

 
				



 
										 
										 
										