काठमाडौं । धिरज राजवंशीको निर्देशनमा चलचित्र ‘हिमालयन गोल्ड’ निर्माण हुने भएको छ । छायालय फिल्मसले कथानक चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्रको छायाँकन नोभेम्बरदेखि सुरु हुनेछ ।
चलचित्रमा परीक्षा लिम्बू, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अंकित खड्का, सुनील तामाङलगायत कलाकारको अभिनय रहनेछ ।
चलचित्रले जीवन, साहस र आशाको कथा प्रस्तुत गर्नेछ । सन् १९९२ को परिवेश चलचित्रले चित्रित गर्नेछ । चलचित्रमा लेखन तथा निर्देशन धिरज राजवंशीको रहनेछ ।
