चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले संचालनमा आएको छ ।
ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरि पहिरो हटाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ ।

 
				 
										 
										 
										