तरुण गोल्डकपको उपाधि कुम्मायकलाई

पाँचथर ।  पाँचथर सदरमुकाम फिदिममा सम्पन्न आठौँ तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा हिलिहाङ गाउँपालिकालाई हराउँदै कुम्मायकले उपाधि जितेको हो ।

१–० गोलको झिनो अन्तरले कुम्मायकले उपाधि जितेको हो । दोस्रो हाफको अन्तिम समयमा सुदीप लावतीले गरेको गोलनै जितका लागि पर्याप्त भयो ।

विजेता टोलीले १ लाख १७३ रुपैयाँ नगद र ट्रफी पाएको छ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा आठ टोली सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *