अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न महानगरको अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न सूचना जारी गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महानगरले असोज २ गतेको काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको उल्लेख गरेको छ ।

अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने महानगरले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *