काठमाडौं । राहदानी विभागको टोलीले विभाग परिसरबाट दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
विभागले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणका लागि ’शून्य सहनशीलता’को नीति लिएको बताउँदै सेवाग्राहीलाई राहदानी सेवाका क्रममा कुनै पनि बहानामा रकम माग्ने व्यक्ति वा समूहबाट सावधान रहन आग्रह गरेको छ ।
साथै विभागले कसैले रकम माग्ने वा कुनै किसिमको अनुचित कार्य गर्ने प्रयास गरेमा जानकारी गराउन आग्रह गरेको छ।

