काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ११ निर्णय गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा हेरफेर गर्ने, मोरक्कोमा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त पदमा निर्वाचन गर्ने, नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानानी र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्नेलगायतका निर्णय गरेको उनले जानकारी दिए ।


