बिपी राजमार्गमा राति सवारी संचालनमा रोक

काठमाडौं । बिपी  राजमार्गमा दुई दिन राति सवारीसाधन संचालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सूचना जारी गरी भारी वर्षाको सम्भावना रहेका कारण दुई दिन साँझ ५ बजेदेखि विहान ५ बजेसम्म राजमार्गमा सवारीसाधान संचालनमा रोक लगाइएको जानकारी दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना बमोजिम कात्तिक १३ देखि १५ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले राति सवारी संचालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *