नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बिहीबार भ्रष्टाचार मुद्दा लागेको भन्दै अध्यक्ष नेपालको राजीनामा मागेका हुन् ।
बैठकमा अध्यक्ष खनालले अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएकोले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । माधव नेपाल पतञ्जली जग्गा प्रकरणमा ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । खनालले नेकपा माओवादी केन्द्रसँगको एकताको पक्षमा आफू नभएको पनि बताए । उनले माओवादीसँग एकता गरे एमालेसँगको विद्रोह पुष्टि नहुने बताए ।
उनले भने, ‘हामीले माओवादीसँग एकता गर्ने हो भने एमालेसँग विद्रोह गरेको जायज थियो भन्ने पुष्टि हुँदैन। पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस् । होइन भने यो एकीकरणको बेला होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो ।’
