पेन्टागनलाई आणविक हतियार परीक्षण गर्न ट्रम्पको निर्देशन

दक्षिण कोरिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय भेटअघि पेन्टागनलाई आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएका छन्। उनले रुस र चीनसँग ‘समान आधारमा’ परीक्षण गर्ने निर्णय लिएको बताएका छन्।

ट्रम्पको यो घोषणा अमेरिकाको दशकौँ पुरानो आणविक नीति विपरीतको कदमका रूपमा लिइएको छ। उनले बिहीबार बिहान ट्रुथ सोसलमार्फत घोषणा गर्दै तत्काल परीक्षण प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन्। अमेरिकाले अन्तिमपटक सन् १९९२ मा आणविक परीक्षण गरेको थियो, त्यसपछि तत्कालीन राष्ट्रपति जर्ज एच.डब्ल्यू. बुसले परीक्षणमा रोक लगाएका थिए।

ह्वाइट हाउनसले परीक्षणबारे थप विवरण सार्वजनिक गरेको छैन । ट्रम्पको घोषणापछि यस कदमले विश्व शक्तिहरूबीचको आणविक तनाव अझ बढाउने आशंका गरिएको छ।

रुसले हालै ‘पोसायडन’ नामक आणविक ऊर्जा सञ्चालित सुपर टर्पेडोको सफल परीक्षण गरेको र त्यसअघि आणविक शक्तियुक्त क्रूज मिसाइल परीक्षण पनि गरेको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *