कम्युनिष्ट आन्दोलनको भावी दिशाबारे विप्लवले केन्द्रीय स्तरमा दुईवटा अन्तरक्रिया गर्ने

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ कम्युनिष्ट केन्द्र निर्माण र कम्युनिष्ट आन्दोलनको भावी दिशाबारे केन्द्रीय स्तरमा दुईवटा अन्तरक्रिया गर्ने भएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत विप्लवले कम्युनिष्ट नेताहरू सहभागी गोलमेच अन्तरक्रिया र बुद्धिजीवी सहभागी बौद्धिक अन्तरक्रिया गर्ने सोच रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘नयाँ कम्युनिष्ट केन्द्र निर्माण र कम्युनिष्ट आन्दोलनको भावी दिशाबारे हामीले केन्द्रीय स्तरमा दुईवटा अन्तरक्रिया गर्ने सोचेका छौं । पहिलो कम्युनिष्ट नेताहरू सहभागी गोलमेच अन्तरक्रिया दोस्रो बुद्धिजीवी सहभागी बौद्धिक अन्तरक्रिया । आशा छ २१औ सताब्दीमा कम्युनिष्ट आन्दोलनले आफैंभित्र र बाहिरबाट खेपेका भयानक विचलन एवं घेराबन्दीबारे सुझबुझपूर्ण बहस हुनेछ साथै नयाँ उपाय पनि पाइनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *