लन्डन । बेलायतमा भएको दुर्घटनामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका – ११ का २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको कार दुर्घटनामा निधन भएको हो । उनी अध्ययनका लागि करिब एक वर्षअघि बेलायत आएका थिए र युनिभर्सिटी अफ रोह्याम्पटन, लन्डनमा बीएस्सी बिजनेस म्यानेजमेन्ट विषयको दोस्रो वर्षमा अध्ययनरत थिए।
दुर्घटना बेलायती चर्चित र्यापर गेट्स (जस्टिन क्लार्क स्यामुएल) ले चलाएको कारले ठक्कर दिँदा उनको मृत्यु भएको बताइएको छ। बेलायती प्रहरीले उनलाई हिरासतमा लिएको छ ।
एनआरएनए यूकेका अनुसार युविन आफ्ना बाबुआमा – विकास तामाङ र शर्मिला मगर तामाङका एक्ला छोरा थिए। परिवारले धार्मिक परम्पराअनुसार अन्त्येष्टि नेपालमै गर्न चाहेका कारण, एनआरएनए यूकेसँग गरेको आग्रहपछि संस्थाले शव नेपाल लैजाने उद्देश्यले चन्दा संकलन अभियान सुरु गरेको छ।
एनआरएनए यूकेले सबै नेपाली समुदायलाई आर्थिक, नैतिक र सामाजिक सहयोगका लागि अपिल गरेको छ। सहयोग गर्न इच्छुकले नोभेम्बर ९ सम्म निम्न खातामा रकम जम्मा गर्न सक्नेछन्ः
Bank Details:
Account Name: NRNA UK
Sort Code: 08-71-99
Account Number: 11156682
Reference: Late Yubin
