दक्षिण अफ्रिकाका पर्नेलले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका बाँया हाते तीब्र गतिका बलर वायने पर्नेल साविक विजेता जनकपुर बोल्ट्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनएपीएल) खेल्ने भएका छन् । जनकपुरले बुधबार सामाजिक सञ्जालमार्फत पर्नेललाई अनुबन्ध गरेको जनाएको हो ।

३६ वर्षीय पर्नेलले दक्षिण अफ्रिकाबाट ६ टेस्ट, ७३ एकदिवसीय र ५६ टी-२० आई खेलिसकेका छन् । उनले टेस्टमा १५, एकदिवसीयमा ९९ र टी-२० आईमा ५९ विकेट लिएका छन् । पर्नेलले विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् । उनीसँग इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, मेजर लिग क्रिकेट, मेन्स १००, बंगलादेश प्रिमियर लिग लगायतका लिग खेलेको अनुभव रहेको छ ।

उनले सन् २००६ मा दक्षिण अफ्रिकाबाट यु-१९ विश्वकप खेलेका थिए भए सन् २००९ मा भएको विश्वकपमा कप्तानी गरेका थिए । उनी उक्त विश्वकपमा १९ विकेट लिँदै प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *