भियतनाममा वर्षाका कारण एक लाख घर डुबानमा, सात जनाको मृत्यु

हनोई । मध्य भियतनाममा यसै साता भएको भारी वर्षापछि आएको बाढीका कारण बस्तीहरू डुबानमा पर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ। भारी बषापछि एक लाखभन्दा बढी घर डुबानमा परेको वातावरण मन्त्रालयले जनाएको छ ।

भियतनामका तटीय प्रान्तहरूमा आइतबारदेखि भारी वर्षा भइरहेको छ र २४ घण्टामा १.७ मिटर (पाँच फिट सात इन्च) सम्म पानी जम्मा भएको रेकर्ड गरिएको छ।

मन्त्रालयका अनुसार बाढीमा परी सात जनाको मृत्यु भएको छ भने अन्य पाँच जना हराइरहेका छन् ।
भियतनामभर १५० भन्दा बढी स्थानमा पहिरो गएको र बर्षा र बाढीका कारण दुई हजार २०० हेक्टर बाली नष्ट भएको छ भने कुल एक लाख तीन हजार ५२५ घरहरू डुबानमा परेका छन् ।

बुधबार बिहान मध्य तटीय शहर ह्युमा पानी घटेपछि बाढी क्षेत्रबाट उद्धार गरिएका २१ हजारभन्दा बढी व्यक्तिहरू घर फर्कन थालेका छन् ।

मध्यान्हसम्म वर्षा जारी रहेको भएको रिपोर्ट गरिएको छ भने स्थानीय जलविद्युत संयन्त्रलाई जलाशयहरूबाट टाढा सार्न बाध्य बनाएको छ।

मध्य दानाङ प्रान्तमा पनि आगामी दुई दिनमा थप बाढी आउने पूर्वानुमान गरिएको छ र दानाङ शहरका नदीहरू खतरनाक स्तरमा बग्ने वातावरण मन्त्रालयले जनाएको छ।

वैज्ञानिकहरू भन्छन्, “वातावरणमा मानवीय हस्तक्षेपका कारण आएको जलवायु परिवर्तनले आँधीबेहरी र बाढी जस्ता चरम मौसमी घटनाहरूलाई थप घातक र विनाशकारी बनाइरहेको छ।”

भियतनाममा यस वर्षको पहिलो नौ महिनामा आँधीबेहरी, बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण १८७ जना हताहत भएका छन्।

सामान्य तथ्याङ्क कार्यालयका अनुसार दुई लाख ४० हजार हेक्टरभन्दा बढी बाली नष्ट भएको छ भने ३८ घरहरू भत्किएका छन् वा क्षतिग्रस्त भएका छन्। कुल आर्थिक क्षति ६१ करोड डलरभन्दा बढी भएको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *