ब्राजिलमा ‘लागुऔषध गिरोहविरुद्ध’ को प्रहरी कारबाहीमा एकसय ३२ को मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको इतिहासमा लागुऔषध गिरोहहरूविरुद्ध प्रहरीले गरेको रक्तपातपूर्ण छापामा बुधबारसम्म १३२ जनाको मृत्यु भएको छ।

ब्राजिलको रियो दि जेनेरियोको सार्वजनिक सुरक्षा बलको कार्यालयले बुधबार घटनाको पुष्टि गरेको छ।
“पछिल्लो जानकारी अनुसार कारबाहीमा १३२ जनाको मृत्यु भएको छ,” गरिबहरूलाई कानुनी सहायता प्रदान गरिरहेको रियो राज्यको सार्वजनिक सुरक्षा कार्यालयले एएफपीसँग भन्यो । अन्य स्रोतबाट यो तथ्याङ्क तत्काल पुष्टि भएको छैन ।

यसअघि रियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोले मङ्गलबारको हिंसामा परी मृत्यु हुनेको सङ्ख्या ६० को हाराहारीमा रहेको बताएका थिए।

सैन्य शैलीको अपरेशनको क्रममा चार प्रहरी अधिकारीहरू मारिएका छन् । करिब दुई हजार ५०० प्रहरी अधिकारीहरूको रियोको सबैभन्दा शक्तिशाली आपराधिक सङ्गठन, कोमान्डो भर्मेल्होसँग भिडन्त भएको थियो ।

उत्तरी रियोमा लक्षित दुई घना आबादी मजदुर वस्तीमध्ये एक पेन्हा परिसरमा स्थानीय बासिन्दाहरू बुधबार बिहानै कम्तिमा ५० मृतक भेटिएका एक स्थानीयले बताए ।

“राज्य नरसंहारमा आयो, यो प्रहरी कारबाही होइन । उनीहरू सिधै मार्न र ज्यान लिन आएका थिए,” नाम बताउन नचाहने एक महिलाले सबै पीडितको आवाज भन्दै एएफपीसँग बताइन्।

अधिकारीहरूका अनुसार रियोको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको पेन्हा भवन परिसर (कम्प्लेक्स) र अलेमाओ कम्प्लेक्समा लागुऔषध कारबाहीका क्रममा भएको झडपमा ‘६० अपराधी’ मारिएका छन्।
आक्रोशित बासिन्दाहरूले प्रहरीले ‘मृत्युदण्ड’ को शैलीमा ‘निहत्था’ नागरिकको हत्या गरेको आरोप लगाए ।

मानवअधिकारकर्मीसमेत रहेका स्थानीय बासिन्दा राउल सान्टियागोले भने, “त्यहाँ त्यस्ता व्यक्तिहरू छन् । मानौ उनीहरूलाई ‘मृत्युदण्ड’ दिइएको छ । तिनीहरूमध्ये धेरैलाई टाउकोको पछाडिको भाग र ढाडमा गोली हानिएको छ। यसलाई सार्वजनिक सुरक्षा मान्न सकिदैन।”

आफन्त गुमाएका तीन परिवारका तर्फबाट प्रतिनिधित्व गर्ने वकिल अल्बिनो परेरा नेटोले एएफपीसँग भने, “केही मृतकको शरीरमा ‘पोलेको दाग’ भएको र मारिएकामध्ये केहीलाई बाँधेर राखिएको थियो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *