काठमाडौँ । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ । पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरेको छ ।
न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले पाण्डेको रिट खारेज गरेको हो । मेयर बालेन मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा छानबिन गर्न भन्दै ६ महिनाका लागि निलम्बन परेका पाण्डेले त्यसविरुद्ध उच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए ।
