काठमाडौं । नेपाली सेनाले हिमपातका कारण मनाङका विभिन्न स्थानमा फसेका १५ सयको उद्धार गरेको जनाएको छ ।
मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, माथिल्लो मनाङ तथा हुम्दे इलाकाहरुमा कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण विभिन्न स्थानमा फसेका २०० भन्दा बढी विदेशी पर्यटक सहित करिब १५ सय जनालाई मनाङ्गस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीले उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरेको सेनाले जनाएको छ ।




