काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान ७ः५० बजे अल्टिच्युड एयरको हेलिकप्टर खुम्बु पासाङल्हामु गाउँपालिका–५ लबुचेमा हेलिकप्टर दुर्घटना भएको हो ।
अवतरणका क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । हेलिकप्टरमा क्याप्टेन विवेक खड्का मात्रै थिए ।
उनको सकुशल उद्धार गरिएको उनले जानकारी दिए । क्याप्टेन खड्का पर्यटक उद्दारका आज बिहान लोबुचे पुगेका थिए ।
