ठगी गरेको आरोपमा एमालेका पूर्वसांसद भट्टचन पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मंगलबार साँझ पक्राउ गरेको हो ।

भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी थिइन् ।

उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका छन् । उनीविरुद्ध यसअघि उजुरी परेको थियो । उजुरी परेपनि एमाले सरकारमा भएका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *