जेनजी आन्दोलनमा प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न एक भारतीयसहित १५ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न १५ जना पक्राउ परेका छन् ।

भदौ २४ गते विभिन्न स्थानका प्रहरी कार्यालयहरू आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न भइ हतियार प्रदर्शन गर्ने १५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरका २० वर्षीय विकास आग्री, २७ वर्षीय भुवन शाही, २५ वर्षीय अनिल बुढा, महोत्तरीका २५ वर्षीय सुजन वाईवा, २४ वर्षीय गोबिन्दकुमार ठाकुर र दोलखाका २४ वर्षीय युवराज भण्डारी, गोरखाका २१ वर्षीय निखिल भुजेल, दोलखाका २१ तीर्थमान तामाङ, मकवानपुरका २७ वर्षीय राजेश तामाङ, काठमाडौंका ३२ वर्षीय मोहन तामाङ, नुवाकोटका ३१ वर्षीय सुवाष तामाङ, सिन्धुलीका २५ वर्षीय सुचेन तामाङ, काभ्रेका ४१ वर्षीय सुवाष गोतामे, सिन्धुपाल्चोकका २९ वर्षीय सविन राई छन् ।

त्यस्तै भारत राजस्थान घर भइ काठमाडौं बस्दै आएका २४ वर्षीय सोयव खान पनि पक्राउ परेका परिसरले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *