डेडिकेटेड ट्रंकलाइन विवादमा रिलायन्स स्पिनिङ मिल्सले पाएन अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा रिलायन्स स्पिनिङ मिल्सलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार उच्च अदालतका न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, ‘रिट निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए, सोसमेत साथै राखी सूचना म्याद पाएको मितिले बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षी नं. १ र २ को हकमा उच्च सरकारी वकिल कार्यालय, पाटनमार्फत तथा बाँकी विपक्षीहरूको हकमा आफैं वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपिसहित विपक्षीका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *