काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा उनलाई दिइएको सुविधा फिर्ता गरिएको हो ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको थियो । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।
नेपला प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार मापदण्डअनुसार पाउनुपर्ने सुरक्षाकर्मी भने यथावत रहेको जानकारी दिए । सरकारले केही दिनअघि सुरक्षाकर्मीको दुरुपयोग रोक्ने निर्णय गर्दै मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।
सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गराएको थियो ।
