काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूलाई निवेदन पेस गर्न आह्वान गरेको छ ।
आयोगले मंगलबार सूचना जारी गरी पर्यवेक्षण अनुमतिका लागि आवश्यक कागजातसहित आगामी १५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो ।
आयोगले भनेको छ, ’आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि देहायका कागजातहरू सहित निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची– २ बमोजिमको ढाँचामा निवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम समावेश भएको गाउँपालिका वा नगरपालिकाको वडामा पर्यवेक्षणका लागि अनुमति नदिने आयोगले जनाएको छ ।

