राष्ट्रिय सभाका सचिव अर्यालद्वारा पदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *