‘भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनुथियो’

काठमाडौं । सामाजिक अभियन्ता ईः ईः ले काठमाडौं महानगरपाकिाका मेयर बालेन साहले प्रधानमन्त्री बन्न खुट्टा कमाएको टिप्पणी गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत ईः ईः ले बालेन सुरुमा तम्सिएपनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनुथियो । सुरुमा तम्सिएपनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए । दोश्रो प्राथमिकतामा रवि थिए तर विकसित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो। त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चल्यो । तर संविधानका आधारभूत विषयमा उनको फरक मत स्वीकार्य भएन ।’

यस्तो छ सामाजिक अभियन्ता ईः ईः को टिप्पणी

भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनुथियो । सुरुमा तम्सिएपनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए । दोश्रो प्राथमिकतामा रवि थिए तर विकसित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो। त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चल्यो । तर संविधानका आधारभूत विषयमा उनको फरक मत स्वीकार्य भएन । यी प्रयास प्रारम्भबिन्दूमा यस्तो सानो वृत्तमा सीमित थियो कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी, र कैयन शक्तिकेन्द्र यसबारे बेखबर थिए।

पूर्ण Vacuum र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वासिलो बन्नुभयो । यसमा बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो । त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो । उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसम्भव प्रयास गरेकै हुन्। अहिलेपनि गर्दैछन् । गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुनसक्छ । यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दैछ । अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो बिडम्बना ! कस्तो निर्लज्जता!

बेलैमा सबै पक्षले आआफ्नो भूमिकाबारे थप दुर्घटना टार्न सचेत हुन जरुरी देखिन्छ । स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनुनैपर्छ । आम मानिसको हकमा मात्र नभई जवाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ। समयमा चुनाव हुनैपर्छ। सबैको आआफ्नो स्वार्थपूर्ण निकाश परिदृश्य होला, तर समाजको लागि उपयुक्त यही हो। रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा हुँदैन। अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा भएको महसुस गर्नुपर्ने हो भने, होस् खतरा होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *