पेन्टागनका प्रमुख हेगसेथ एसिया भ्रमणमा

वासिङ्टन । अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले आगामी दिनमा चार एसियाली देशको भ्रमण गर्ने पेन्टागनले घोषणा गरेको छ। पेन्टागनको ‘प्राथमिकता’ क्षेत्रको उहाँको यो तेस्रो भ्रमण हो । वाशिङ्टनले चीनलाई काउन्टर गर्न आफ्ना सहयोगीहरूलाई खर्च बढाउन आग्रह गरिरहेको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले एक विज्ञप्ति जारी गर्दै हेगसेथले जापान, मलेसिया, भियतनाम र दक्षिण कोरियामा भ्रमण गर्ने बताएका छन् । उनले ती मुलुकहरूमा पुग्ने मिति र त्यहाँ कति बस्ने भन्ने जानकारी अहिलेसम्म गराएका छैनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य शीर्ष अमेरिकी अधिकारीहरू यस क्षेत्रमा शिखर सम्मेलन र द्विपक्षीय वार्तामा भाग लिइरहेका छन्, जसमा ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङबीच बिहीबार दक्षिण कोरियामा आमनेसामने वाता हुनेछ।

हेगसेथको यात्राको मुख्य विषय ‘इन्डो–प्यासिफिकमा अमेरिकाको लक्ष्य मन्त्रालयको प्राथमिकता क्षेत्र’ रहेको पेन्टागनले जनाएको छ ।

संयुक्त राज्य अमेरिका वर्षौंदेखि विशेष गरी क्षेत्रीय सहयोगीहरूसँग सैन्य सम्बन्ध गहिरो गरेर चीनको बढ्दो खतराको सामना गर्नमा केन्द्रित छ तर मध्यपूर्व र युरोपको सङ्कटले बारम्बार अन्यत्र ध्यान आकर्षित गर्नेगरेको छ।

ट्रम्प र हेगसेथ एसियाको भ्रमण गरिरहेका बेला अमेरिकी सेनाले पनि लागुऔषध ओसारपसारविरुद्धको अभियानको एक हिस्साका रूपमा ल्याटिन अमेरिकामा आफ्नो उपस्थिति बढाइरहेको छ ।

मे महिनामा सम्पन्न सिङ्गापुरमा सांग्रिला रक्षा सम्मेलनमा बोल्दै हेगसेथले चीनले ‘इन्डो–प्यासिफिकमा शक्ति सन्तुलन परिवर्तन गर्न सम्भावित सैन्य बल प्रयोग गर्ने विश्वसनीय तयारी गरिरहेको’ चेतावनी दिएका थिए ।

चीनसँग क्षेत्रीय विवाद रहेका यस क्षेत्रका जापान र फिलिपिन्सजस्ता सहयोगीहरूलाई रक्षा खर्च बढाउन उनले आग्रह गरे ।

एसिया भ्रमणका क्रममा हेगसेथ हवाइ पुगेर अमेरिकी इन्डो–प्यासिफिक कमान्डका नेताहरूसँग भेट गर्नेछन् ।

उनले जापानको भ्रमण गर्नुहुनेछ, मलेसियामा आसियान रक्षा मन्त्रीहरूको बैठकमा भाग लिनेछन्, भियतनाममा वार्ता गर्नेछन् र दक्षिण कोरियामा द्विपक्षीय सुरक्षा बैठकको सहअध्यक्षता गर्नेछन् ।

“हेगसेथको स्पष्ट र बलियो नेतृत्वमा पेन्टागनले इन्डो–प्यासिफिकमा ध्यान केन्द्रित गर्ने महत्त्वलाई मान्यता दिन्छ र हाम्रा सहयोगी र साझेदारहरूसँग मिलेर शक्तिको माध्यमबाट शान्ति सुनिश्चित गर्ने आवश्यकतालाई महत्त्व दिन्छ,” विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *