सावित्राको गोलमा नेपाललाई पहिलो हाफमा अग्रता

काठमाडौं । त्रिदेशीय महिला अन्तराष्ट्रिय मैत्रीपूर्ण फूटबल अन्तर्गत जारी खेलमा नेपालले घरेलु टोली भारतविरुद्ध अग्रता लिएको छ । भारतको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा जारी खेलको पहिलो हाफको समाप्तिमा नेपालले भारतमाथि १-० गोलको अग्रता लिएको हो ।

नेपालको लागि एकमात्र गोल सावित्रा भण्डारीले गरेकी हुन् । खेलको दोस्रो मिनेटमै डिफेन्सबाट विमला विकले दिएको लङ बललाई सावित्राले नियन्त्रण लिँदै पोस्टको दिशा दिएकी हुन् । बाँकी समयमा दुवै टोलीले गोलको लागि थुप्रै अवसर सिर्जना गरेपनि सदुपयोग गर्न भने सकेनन् ।

दोस्रो हाफ केहिबेरमा शुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *