कांग्रेस नेता पराजुलीले छठमा गरे २८औँ पटक दण्डप्रणाम

विराटनगर । कोसी प्रदेशसभा सदस्य भीम पराजुलीले यसवर्ष छठ पर्वको अवसरमा २८ औँ दण्डप्रणाम गरेका छन् । सोमबार बिहान विराटनगरको ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरमा पूजाआराधना गरी उनले दण्डप्रणाम प्रारम्भ गरेका हुन् ।

पराजुलीले मन्दिरबाट तीन किलोमिटर पूर्वस्थित सिंघिया खोलामा निर्मित छठघाटसम्म दण्डप्रणाम गर्दै जाने र त्यहाँ पुगेर अस्ताउँदो सूर्यलाई अर्घय अर्पण गरी उपासना सम्पन्न गर्ने बताएका छन् ।

पराजुली ३५ वर्षदेखि निरन्तर छठको व्रत बस्दै आएका छन् । दण्डप्रणाम क्रमको २८ औं वर्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *