स्वाधीनता र समाजवादका पक्षमा उभिन विप्लवको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता र समाजवादका पक्षमा उभिन आह्वान गरेका छन् । नेपाललाई अरूले नभई हामी आफैंले फेर्ने भन्दै महासचिव विप्लवले समाजवादका पक्षमा उभिन आह्वान गरेका हुन् ।

उनले स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा सभा गर्नेसमेत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौं साथीहरू ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *