मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं । त्रिदेशीय महिला अन्तराष्ट्रिय मैत्रीपूर्ण फूटबल अन्तर्गत आज हुने खेलमा चिरप्रतिद्वन्द्वी नेपाल र भारत भिड्दैछन् । भारतको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरू हुनेछ ।

आज हुने खेलमा दुवै टोली सान्तवना जितको खोजीमा हुनेछन् । दुवै टोली पहिलो खेलमा इरानसँग पराजित भएका थिए । दुवै खेल जित्दै इरानले प्रतियोगिताको उपाधि जितिसकेको छ । शुक्रबार बेलुकी भएको खेलमा नेपाल इरानसँग ३-० गोलले पराजित भएको थियो । त्यसअघि भएको खेलमा भारतपनि इरानसँग २-० गोलले पराजित भएको थियो ।

नेपाल भारतसँग सन् २०२२ सेप्टेम्बरदेखि अपराजित रहेको छ । उक्त अवधिमा नेपाल र  भारत चारपटक आमनेसामने भएका छन् । जसमा नेपालले दुई खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ । गत वर्ष अक्टोबरमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *