छठ पुजाका लागि तराईका जिल्लाका पोखरीहरु बेहुली झै सिंगारियो(फोटोफिचर)

वीरगन्ज । छठका लागि तराईका जिल्लाका पोखरीहरु बेहुली झै सिंगारिएको छ । छठपूजा व्यवस्थापन समितिले वीरगन्जको घडिअर्वा पोखरी झिलिमिली बती जडान गरी सिंगारिएको छ ।

वीरगन्जको घडिअर्वा पोखरी लगायत विभिन्न छठ घाटलाई सजाइएको छ । त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित बजराही गाउँको पोखरीको छठ घाट सिंगारिएर झिलिमिली पारिएको छ ।

पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ ।

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिकको पहिचानका रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *